२०८२ माघ ५ गते , सोमबार

नेकपाको समानुपातिक बन्दसूचीमा पनि झापाबाट उम्मेदवार शून्य

sajilo news
झापा
२०८२ पौष १५ गते , मंगलबार
नेकपाको समानुपातिक बन्दसूचीमा पनि झापाबाट उम्मेदवार शून्य

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा झापाबाट कोही पनि परेका छैनन् ।

जसका कारण जिल्लाका नेता कार्यकर्ताहरूमा चर्को असन्तुष्टि बढेको छ । नेकपाको समानुपातिक उम्मेदवारको लागि झापाबाट ३६ जनाको नाम सिफारिस गरिएको थियो । त्यसमध्ये कोही पनि नपरेको नेकपाका जिल्ला इन्चार्ज रञ्जित तामाङले बताए ।

उनले समानुपातिकको बन्द सूची सच्याउन केन्द्रीय कमिटीलाई आग्रह गरिसकेको बताए । ‘ सात दिनसम्म बन्द सूची सच्याउन पाइन्छ’ उनले भने , ‘कुन क्लस्टरबाट मिलाउन सकिन्छ हामीले झापाका कम्तीमा दुई जनालाई समेट्न आग्रह गरेका छौँ ।’

सम्बन्धित समाचार