टिकटक बन्यो फिफाको प्रथम रुचाइएको प्लेटफर्म
काठमाडौं । टिकटकले फिफासँग एक सम्झौतामार्फत् विश्वव्यापी साझेदारी गरेको छ । जसअनुरूप टिकटक फिफाको हालसम्मकै प्रथम रुचाइएको प्लेटफर्म बन्नेछ । साझेदारीमार्फत् फिफा विश्वकप २०२६ को आधिकारिक कभरेज विस्तार हुनेछ भने बीहाइण्ड-द-सीनएक्सेस र इन्टरएक्टिभ फ्यान अनुभवहरू उपलब्ध हुनेछन् । सन् २०२६ को अन्त्यसम्म कायम रहने साझेदारीले फुटबलको सबैभन्दा ठूलो प्रतियोगितालाई डिजिटल माध्यमबाट अनुभव गर्ने नयाँ चरणको सुरुवात गरेको छ ।
जसमा टिकटकले लाइभ खेल प्रसारणका अलावा समर्थक र कन्टेन्ट क्रिएटरलाई प्रतियोगितासँग जोड्ने केन्द्रीय भूमिका निभाउने बताइएको छ । सहकार्यले टिकटकलाई मौलिक सामग्रीको वृद्धिसँगै फिफा विश्वकप २०२६ को अझ व्यापक कभरेज प्रदान गर्न सक्षम बनाउने टिकटकले जनाएको छ ।
प्रतियोगिताभर टिकटकले समर्थक र क्रिएटरका लागि मुख्य प्लेटफर्मका रूपमा स्थापित हुँदै इन्टरएक्टिभ र समुदायमा आधारित फुटबल अनुभव प्रदान गर्नेछ । साझेदारी फिफा महिला विश्वकप २०२३ का क्रममा टिकटक र फिफाबीच भएको सफल सहकार्यको निरन्तरता रहेको पनि टिकटकको भनाइ छ ।
फिफाका महासचिव माटिया सग्राफस्ट्रोमले भन्नुभयो, ‘फिफाको लक्ष्य फिफा विश्वकप २०२६ को उत्साहलाई सम्भव भएसम्म धेरै समर्थकसम्म लैजानु हो, प्रतियोगिताको प्रथम रुचाइएको प्लेटफर्मका रूपमा टिकटक चयन गर्नु यो लक्ष्य अघि बढाउने सबैभन्दा उपयुक्त माध्यम हो । यस सहकार्यले विश्वभरका अझ धेरै समर्थकलाई फिफा विश्वकपसँग अभूतपूर्वरूपमा जोड्नेछ ।’