२०८३ मंसीर ३ गते , बुधबार

मेची पुलबाट सुरु भयो सांसद अमरेश सिंहको दुई महिने पदयात्रा

sajilo news
झापा
२०८३ मंसीर २ गते , मंगलबार
मेची पुलबाट सुरु भयो सांसद अमरेश सिंहको दुई महिने पदयात्रा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले आजदेखि दुई महिने मेची–महाकाली पदयात्रा सुरु गरेका छन् ।

जनताका समस्या, गुनासा र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यसहित सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद सिंहले मंगलबार बिहान ९ बजे झापाको भद्रपुर–५ स्थित मेची पुलबाट पदयात्रा सुरु गरेका हुन् । मेची पुलमा आयोजित सुरुवाती कार्यक्रममा सांसद सिंहसँगै झापाका सांसद प्रकाश पाठक र शम्भुप्रसाद ढकालसहित रास्वपाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । करिब ५० जनाको सहभागितामा पदयात्रा सुरु गरिएको हो ।

दुई महिने पदयात्राका लागि सांसद सिंह सोमबार साँझ ७ः२५ बजे जनकपुरबाट भद्रपुर आइपुगेका थिए । यसअघि सोमबार बिहान रास्वपा सभापति रवि लामिछानेले जनकपुरस्थित जानकी मन्दिरमा आयोजित विशेष कार्यक्रममार्फत पदयात्राको उद्घाटन गरेका थिए ।

सिंहको पदयात्रा आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकाली नदी किनारमा पुगेर समापन हुने जनाइएको छ । पदयात्राका क्रममा पूर्वदेखि पश्चिमसम्मका विभिन्न क्षेत्रका नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या, गुनासा र सुझाव संकलन गरिने बताइएको छ ।

सम्बन्धित समाचार