२०८३ मंसीर ३ गते , बुधबार

६ महिना कैद र एक लाख जरिवाना तोकिएका भद्रपुरका उराउ पाँच वर्षपछि पक्राउ

sajilo news
झापा
२०८३ मंसीर २ गते , मंगलबार
६ महिना कैद र एक लाख जरिवाना तोकिएका भद्रपुरका उराउ पाँच वर्षपछि पक्राउ

भद्रपुर । वैदेशिक रोजगारीका नाममा लाखौँ रुपैयाँ ठगी गरेको मुद्दामा दोषी ठहर भई पाँच वर्षदेखि फरार रहेका झापाको भद्रपुरका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–६ निवासी ५५ वर्षीय गोपाल उराउ रहेका छन् । उनलाई कात्तिक २८ गते साँझ ६ बजे भद्रपुर नगरपालिका–४ स्थित झापा चोकबाट प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७८ फागुन १६ गतेको फैसलाले उराउलाई ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । तर, फैसला कार्यान्वयन हुनुअघि नै उनी फरार रहेका थिए ।

पाँच वर्षदेखि फरार रहेका उराउलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

सम्बन्धित समाचार