२०८३ मंसीर ३ गते , बुधबार
दक्षिण कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु
रोजगारीका सिलसिलामा दक्षिण कोरिया पुगेका एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ। काभ्रेको धुलिखेल नगरपालिका–१, देविटारका प्रितम तामाङको सुतेकै अवस्थामा ज्यान गएको हो। उनको गत शनिबार मृत्यु भएको हो। श्रीमतीलाई नेपाल पठाउन विमानस्थलसम्म पुर्याएर फर्किएका तामाङ आनसानस्थित एक साथीको कोठामा बसेका थिए। सोही क्रममा सुतेकै अवस्थामा उनको मृत्यु भएको हो।
बिहान अबेरसम्म नउठेपछि साथीहरूले हेर्न जाँदा उनी अचेत अवस्थामा भेटिएका थिए। त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो। अस्पतालले परीक्षणका क्रममा करिब ६ घण्टाअघि नै उनको मृत्यु भइसकेको जानकारी दिएको थियो। करिब ९ वर्षअघि कोरिया पुगेका तामाङ हाल ई-७ भिसामा कार्यरत थिए।