२०८३ मंसीर ३ गते , बुधबार
रिसोर्टमा प्रहरीको छापा, ३६ चिनियाँ नागरिक पक्राउ
शंकास्पद गतिविधि गरेको आशंकामा काभ्रेको पाँचखालस्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले आज छापा मारी ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
स्थानीएको विशेष सूचनाका आधारमा काभ्रे प्रशासन र प्रहरीको संयुक्त टोलीले छापा मारेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रबिन विष्टले सो क्रममा केही थान ल्यापटप र मोबाइलसहित उनीहरूलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको जानकारी दिए। त्यहाँ दुईवटा कोठा थप शंकास्पद देखिएपछि सिआइबीको टोलीलाई समेत अनुसन्धानका लागि झिकाइएको छ।