२०८३ मंसीर ३ गते , बुधबार
नेचर हिमालय चिया फ्याक्ट्रीमा आगलागी हुँदा लाखौँको क्षति
झापाको मेचीनगरस्थित नेचर हिमालय चिया फ्याक्ट्रीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । आज दिउँसो १ः५० बजे मेचीनगर-१५ निलकोठीस्थित नेचर हिमालय चिया फ्याक्ट्रीमा मेसिनबाट अचानक आगलागी भएको हो । आगलागीबाट मेसिन र सुकाउँदै गरेको चिया जल्दा ३० लाख बराबरको क्षति भएको छ ।
आगलागीको खबर प्राप्त भएपछि प्रहरी चौकी ज्यामिरगढी र प्रहरी चौकी चारआलीको कमान्डमा प्रहरी टोली खटिएको थियो । भद्रपुर र मेचीनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा उक्त आगो दिउँसो २ः२५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको जनाइएको छ ।