२०८३ मंसीर ३ गते , बुधबार
झापाको गरामनीमा लागूऔषधसहित एक कारोबारी पक्राउ
झापाको बिर्तामोड नगरपालिका-८ स्थित गरामनीमा लागूऔषधसहित एक कारोबारी पक्राउ परेका छन् । सोमबार साँझ ५ बजे बिर्तामोड ८ स्थित बेम्बो हाउस जाने बाटोमा सोही ठाउँ बस्ने ३३ वर्षीय राजकुमार चौधरी लागूऔषधसहित पक्राउ परेका हुन् । उनले लुकाईछिपाई लागूऔषध बोकेको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी गरामनी र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोली खटिएको थियो ।
टोलीले चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ४ ग्राम २२० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयका अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।