२०८३ मंसीर ११ गते , विहीबार
बिर्तामोडको नाइट क्लबमा आगलागी, लाखौंको क्षति
बिर्तामोडको गन्तव्य नाइट क्लबमा आगलागी भएको छ ।
आज बिहानको राति १;४० बजे बिर्तामोड ३ मा वडा नं १ बस्ने निर्भीक शिवाकोटीले सञ्चालन गरेको गन्तव्य नाइट क्लबभित्र जडान गरिएको एसीमा विद्युत् सर्ट भई अचानक आगलागी भएको हो । आगलागीबाट क्लबभित्र रहेको १ थान एसी, वालमा लगाइएको काठ, ढोका तथा क्लबको एलइडी समेतमा गरी अन्दाजी १० लाख बराबरको क्षति भएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनिमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक जितेन्द्रकुमार मण्डलको कमान्डमा गाडी मोबाइल टोली र क्युआरटी टोली खटिएको थियो ।
स्थानीयको सहयोगमा उक्त आगो बिहान २ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो । बिर्तामोड नगरपालिकाको दमकल पुगेको तर प्रयोग नभई आगो नियन्त्रणमा आइसकेको बिर्तामोड प्रहरीले जनाएको छ ।