२०८३ मंसीर ११ गते , विहीबार

भद्रपुर रेडक्रस कार्यालयमा चोरी, वायरिङका तार र सिलिङ फ्यानसमेत लगे

sajilo news
झापा
२०८३ मंसीर ११ गते , विहीबार
भद्रपुर रेडक्रस कार्यालयमा चोरी, वायरिङका तार र सिलिङ फ्यानसमेत लगे

भद्रपुर । भद्रपुरस्थित नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको कार्यालयमा चोरी भएको छ। कार्यालयको पछाडिको ढोका फोडेर भित्र प्रवेश गरेका चोरले विद्युत् वायरिङ तोडफोड गर्नुका साथै तार र सिलिङ फ्यानसमेत चोरी गरेर लगेका छन्।

केही दिनअघि नै कार्यालयमा तोडफोड र चोरी भएको भए पनि बुधबार मात्र कार्यालय खोलेर हेर्दा घटनाबारे जानकारी भएको भद्रपुर उपशाखाका सभापति केदार महतले जानकारी दिP।

उgका अनुसार कार्यालयको पछाडिको ढोका फोडेर भित्र पसेका चोरले कोठाभित्र रहेका विद्युत्का बोर्डहरू तोडफोड गरेका छन् । त्यस्तै, दराजसमेत फुटाएर त्यहाँ राखिएका कागजपत्रहरू छरपस्ट पारिएको अवस्थामा भेटिएको उgले बताP।
कार्यालयभित्र तोडफोड गरी सामान चोरी गरिएको घटनाले रेडक्रस कार्यालयको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।

सम्बन्धित समाचार