अर्जुनधारा जलेश्वर धाममा जल चढाउनेको घुइँचो (हेरौं तस्बिरमा)
झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा जलेश्वर धाममा हजारौँ भक्तजनले जल चढाएका छन् । साउनको अन्तिम सोमबार आज धामको मूल मन्दिरमा जल चढाउन बिहान ४ बजेदेखि भक्तजन लामबद्ध भएका थिए । मूल मन्दिरमा पूजा गर्न पाँच सय मिटर भन्दा लामो दुई वटा लाइन लागेको थियो । “बिहान ६ बजेदेखि लाइनमा बसेका छौँ”, बिहान ९ बजे मन्दिरमा लाइनमा बस्नुभएकी एक भक्तजनले भने, “तीन घण्टा भयो, बल्ल पालो आउला जस्तो छ ।”
पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा धाममा जल चढाउन झापाका विभिन्न स्थानसँगै काठमाडौँ, सिराहा, मोरङ, सुनसरी, इलाम र भारतका सीमावर्ती क्षेत्रबाट ठुलो सङ्ख्यामा भक्तजन आएका थिए । धाम परिसरमा अर्जुनधारा जेसीज, नेपाल ठाकुर समाज बिर्तामोड र अर्जुनधारा, युवा सङ्घ अर्जुनधारा लगायतका सङ्घसंस्थाले भक्तजनलाई खीर, पुरी, तरकारी, पानी, सर्बत र फलफूलसमेत वितरण गरेका थिए ।
तस्बिरहरु : बिष्णु कुल श्रेष्ठ



