२०८३ भाद्र ३० गते , मंगलबार
यू-१९ महिला एशिया कप : नेपाल र भारत आज भिड्दै
यू-१९ महिला एशिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दै छ। एक खेल अगावै सुपर फोरमा प्रवेश गरेका भारत र नेपाल आज आमनेसामने हुन लागेका हुन्।
खेल मलेसियाको वायुमास ओभलमा विहान पौन १२ बजे सुरु हुनेछ। सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर फोरमा स्थान सुरक्षित गरेको हो।
नेपालको जितमा कप्तान पूजा महतोले सानदार अलराउन्ड प्रदर्शन गरिन्। नेपाली युवा टोलीले पाकिस्तानसँगको पहिलो भेटमै उसलाई स्तब्ध पारेको हो। पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।
सम्बन्धित समाचार
उपभोक्ता जागरण अभियान झापाको नयाँ नेतृत्वले गर्यो कार्य योजना सार्वजनिक
पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा
रास्वपा नेता भन्दै हिँडेका विश्वकर्माको एआई कर्तुत, झापाका एसपी पनि परे निशानामा