२०८३ भाद्र २७ गते , शनिबार

झापामा ब्राउन सुगरसहित तीनजना समातिए

sajilo news
झापा
२०८३ भाद्र २७ गते , शनिबार
झापामा ब्राउन सुगरसहित तीनजना समातिए

झापा गाउँपालिका–४ पेश्करटोलबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिवसताक्षी नगरपालिका–६ का ५३ वर्षीय सञ्जय अग्रवाल र शिवसताक्षी–४ का १८ वर्षीय अर्जुन मल्लिकलाई नियन्त्रणमा लिएको हो।

उनीहरूले प्रहरीलाई देखेपछि साथमा रहेको कालो प्लास्टिकको पोका घाँसको झाडीमा फालेका थिए। उक्त पोका बरामद गरी जाँच गर्दा प्लास्टिकबाहेक ७ ग्राम १४ मिलिग्राम तौल भएको ब्राउन सुगर फेला परेको थियो।

प्रहरीले उनीहरूसँगै रहेको प्र.१–०१–०१६ प ४४१३ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोद झापामा राखिएको प्रहरीले जनाएको छ।

त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोड र घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका–९ का डम्बरकुमार श्रेष्ठलाई २ ग्राम ९२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

सम्बन्धित समाचार