२०८३ भाद्र २७ गते , शनिबार
विश्व सञ्जालको प्रथम संयोजकमा विष्णु सुवेदी
विकास रौनियार । नेपाली काँग्रेस पार्टी अन्तर्राष्ट्रिय समन्वय समिति अन्तर्गतको विश्व सञ्जालको प्रथम संयोजकको जिम्मेवारी विष्णु सुवेदीले पाएका छन् । विश्व सञ्जालले सुवेदीलाई उक्त जिम्मेवारीमा नियुक्त गरेको हो। विश्व सञ्जालका मध्यपूर्व संयोजक नानु काजी अर्यालले सुवेदीलाई प्रथम संयोजकमा नियुक्त गरिएको बताए । सुवेदीको नियुक्तिलाई नेपाली काँग्रेसको अन्तर्राष्ट्रिय समन्वय र सङ्गठनात्मक गतिविधिलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।