२०८३ मंसीर ९ गते , मंगलबार
अयोध्याबाट एक हजार यात्रु बोकेर जनकपुर आइपुग्यो रेल
अयोध्याबाट करिब १ हजार यात्रु बोकेर सरयू–कमला एक्सप्रेस रेल जनकपुर आइपुगेको छ। जनकपुर रेल्वे स्टेसनमा उनीहरूको स्वागत गरिएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले रेलबाट आएका यात्रुको स्वागत गरेका हुन्।
नयाँदिल्लीस्थित हैदराबाद भवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल र भारतका प्रधानमन्त्रीले अयोध्या–जनकपुर चल्ने रेलको हरियो झण्डा हल्लाएर उद्घाटन गरेका थिए । जनकपुरधाम पुगेका तीर्थयात्रीहरूले जानकी मन्दिरलगायत धार्मिक स्थलको दर्शन गर्ने कार्यक्रम रहेको छ। दर्शन तथा पूजापछि दिउँसो १ बजेसम्म रेल अयोध्याका लागि फर्किने तालिका रहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ।