२०८३ मंसीर ९ गते , मंगलबार

शिवसताक्षीमा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने वृद्ध पक्राउ

sajilo news
झापा
२०८३ मंसीर ९ गते , मंगलबार
शिवसताक्षीमा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने वृद्ध पक्राउ

झापाको शिवसताक्षीमा चार वर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी-११ बस्ने ६१ वर्षीय हर्कबहादुर तिवारी रहेका छन् । पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलेमा लिखित जाहेरी दिएपछि गएराति ८ बजे तिवारीलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । बालिकाको अवस्था सामान्य रहेको छ । उनी आमासँगै घरमा रहेकी छन् ।

मङ्सिर ६ गते बिहान ८ः३० बजे शिवसताक्षी ११ मा बालिकाको आफ्‌नै घरकोठामा तिवारीले ललाई फकाई जवर्जस्ती करणी गरेको प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ ।

सम्बन्धित समाचार