२०८३ भाद्र ३१ गते , बुधबार
जंगलको आगो निभाउन गएका विमान दुर्घटना
एथेन्स । ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ ।
मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। सोही क्रममा विमानको पखेटा रुखमा अड्कियो । केही समयपछि विमान जमिनमा खस्यो, आगो लाग्यो ।
हाल ग्रिसको जंगलमा लागेका कारण हजारौं मानिसहरू बिस्थापित हुन पुगेका छन् । ग्रिस सरकारले स्थानियलाइ स्थानतरण गरेर जंगलमा लागेको आगो निभाउनका लागि सम्पुर्ण प्रयत्न जारी राखेको जनाएको छ ।
सम्बन्धित समाचार
झापाका ६ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए, ५२ अधिकृतको सरुवा
उपभोक्ता जागरण अभियान झापाको नयाँ नेतृत्वले गर्यो कार्य योजना सार्वजनिक
पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा