२०८३ भाद्र ३१ गते , बुधबार
भारतमा चलिरहेको रेलभित्रै गोली प्रहार, चार जनाको मृत्यु
भारतको मुम्बइमा रेलभित्रै गोली प्रहार गरी रेल सुरक्षाकर्मीले चार जनाको हत्या गरेका छन् । जयपुरबाट मुम्बइ गईरहेको मुम्बई सेन्ट्रल एक्स्प्रेसमा रेल वे सुरक्षा बलका एक जवानले गोली चलाउँदा ३ जना यात्रु र १ जना सुरक्षा बलका अधिकृत मारिएका हुन् । गोली प्रहार गर्ने रेल वे सुरक्षा बलका जवानलाई मुम्बइ प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचार माध्यमहरुले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी नै रहेको समाचारमा उल्लेख छ ।
सम्बन्धित समाचार
झापाका ६ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए, ५२ अधिकृतको सरुवा
उपभोक्ता जागरण अभियान झापाको नयाँ नेतृत्वले गर्यो कार्य योजना सार्वजनिक
पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा