२०८३ भाद्र ३१ गते , बुधबार
बंगलादेश क्रिकेटका कप्तान शाकिब सांसदमा निर्वाचित
काठमाडौं । बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीका कप्तान शाकिब अल हसन सांसद निर्वाचित भएका छन् । उनकै गृहनगर मगुरा–१ बाट उनी बंगलादेशको अवामी लिग दलबाट संसद सदस्यमा निर्वाचित भएका हुन् ।
उनले एक लाख ८५ हजार ३ सय ८८ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी बंगलादेश कंग्रेसका रेजल हसनले ४५ हजार मत मात्र पाएका छन् । यसअघि बंगलादेशका पूर्व क्रिकेट कप्तान मशरेफे मुर्तजासमेत संसद निर्वाचित भएका थिए ।
प्रतिपक्षीको वहिष्कार र विवादका हुँदाहुँदै भएको निर्वाचनमा वर्तमान प्रधानमन्त्री शेख हसिना चौथो पटक लगातार विजयी भएकी हुन् ।हसिनाको पार्टीले २२३ सिटमा विजयी प्राप्त गरेको छ ।बंगलादेशमा आइतबार २९९ मा निर्वाचन क्षेत्रमा चुनाव भएको हो ।
सम्बन्धित समाचार
झापाका ६ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए, ५२ अधिकृतको सरुवा
उपभोक्ता जागरण अभियान झापाको नयाँ नेतृत्वले गर्यो कार्य योजना सार्वजनिक
पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा