२०८२ बैशाख ८ गते , सोमबार

दिल्लीलाई ८ रनले हराउँदै मुम्बइले जित्यो उपाधि

sajilo news
एजेन्सी
२०८१ चैत्र ३ गते , आईतबार
दिल्लीलाई ८ रनले हराउँदै मुम्बइले जित्यो उपाधि

तेस्रो सिजनको महिला प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सले जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा भएको फाइनलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ८ रनले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो।

मुम्बईले दिएको १५० रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १४१ रन मात्र बनाउन सक्यो। टस हारेर पहिला ब्याटिंग गरेको  मुम्बईले २० ओभरमा ७ विकेट गुमाउदै १४९ रन बनाएको थियो।

आइपिएलको लोकप्रियतापछि भारतीय क्रिकेट बोर्डले शुरु गरेको महिला प्रिमियर लिगको यो तेस्रो सिजन हो। जसमा मुम्बईले २०२३ को पहिलो र यो सिजन गरि दुई उपाधि जितेको छ भने २०२४ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको थियो।

महिला प्रिमियर लिगमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र युपी वारियर्सको सहभगागित रहेको छ। 

सम्बन्धित समाचार