२०८३ भाद्र ३१ गते , बुधबार
भद्रपुरले जित्यो अन्तरपालिका पुरुष हक्कीको उपाधि
झापाको भद्रपुर नगरपालिकाले मकवानपुरमा भएको हेटौँडा कप अन्तरपालिका राष्ट्रिय पुरुष हक्की प्रतियोगिता (फाइभ एस) को उपाधि जितेको छ । आज भएको फाइनल खेलमा वेदकोट नगरपालिकालाई स्टोकमा हराउँदै भद्रपुरले उपाधि जितेको हो । गत वर्ष भद्रपुर उपविजेता बनेको थियो ।
निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेल स्टोकतर्फ धकेलिएको थियो । स्टोकमा भद्रपुरले वेदकोटलाई ३-२ गोल अन्तरले हरायो । उपाधिसँगै भद्रपुरले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता वेदकोटले नगद २० हजार, ट्रफी, डल तथा प्रमाणपत्रमा चित्त बुझायो । ९ वटा नगरपालिका सहभागी प्रतियोगितामा गत वर्षको विजेता भीमदत्त नगरपालिका तेस्रो भयो । उसले नगद १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । भीमदत्तले झापाको बिर्तामोडलाई हराएको हो ।
सम्बन्धित समाचार
झापाका ६ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए, ५२ अधिकृतको सरुवा
उपभोक्ता जागरण अभियान झापाको नयाँ नेतृत्वले गर्यो कार्य योजना सार्वजनिक
पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा