२०८२ बैशाख ८ गते , सोमबार

मुम्बईलाई ४ विकेटले हराउँदै घरेलु मैदानमा चेन्नईको सुखद् सुरुवात

sajilo news
एजेन्सी
२०८१ चैत्र ११ गते , सोमबार
मुम्बईलाई ४ विकेटले हराउँदै घरेलु मैदानमा चेन्नईको सुखद् सुरुवात

इन्डियन प्रिमियर लिग (आइपीएल)को तेस्रो खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ । चेन्नाईस्थित एमए चिदाम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले १५५ रन बनाएको थियो । मुम्बईले दिएको १५६ को विजयी लक्ष्य पछ्याएको चेन्नई सुपर किङ्स (सिएसके)ले १९.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । 

सिएसकेका लागि ओपनर ब्याटर रचिन रविन्द्रले सर्वाधिक ६५ रनमा अविजित रहे । उनले ४५ बलमा २ चौका र ४ छक्का प्रहार गरे । ६ बलमा ४ रन चाहिएको अवस्थामा रविन्द्रले अन्तिम ओभरको पहिलो बलमा मिचेल सेन्टनरलाई छक्का प्रहार गर्दै सिएसकेको जित पक्का गरेका हुन् ।  कप्तान ऋतुराज गायक्वाडले ५३ रनको अर्धशतकीय पारी खेले । ओपनर राहुल त्रिपाठी २ रनमा पेभेलियन फर्किए । शिवम दुबेले ९,दिपक होडाले ३ र साम करणले जम्मा ४ रन बनाए । रविन्द्र जडेजा १७ रनमा रनआउट भए । महेन्द्र सिंह धोनी शुन्यमा अविजित रहे । 

मुम्बईका लागि बलिङमा विग्नेश पुथुरले सर्वाधिक ३ विकेट लिए । विल ज्याक र दिपक चाहरले समान १-१ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।  मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ३१ रन बनाए । उनले २५ बलमा २ चौका र २ छक्का प्रहार गरेका हुन् । 
ओपनिङमा आएका रोहित शर्मा खलिल हमिदको बलमा डकआउट हुँदा मुम्बईलाई पहिलो ओभरमै झड्का लागेको हो । अर्का ओपनर र्यान रिकेल्टोनले १३ रन बनाए । 

कप्तान सूर्य कुमार यादवले २९, विल जयाक्सले १, नमान धिरले १७, मिचेल सेन्टनरले ११, लिपक चाहरले २८ रन बनाए । चेन्नाई सुपर किङ्स(सिएसके) का लागि बलिङ तर्फ नुर अहमदले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै १८ रन मात्रै खर्चिए । खलिल हमिदले ३ विकेट लिँदा नथान इल्स् र रविचन्द्र आश्विनले समान १–१ विकेट लिए । आजको पहिलो खेलमा सन राइजर्स हैदरवादले राजस्थान रोयल्सलाई ४४ रनले हराएको थियो ।

सम्बन्धित समाचार