२०८३ भाद्र ३१ गते , बुधबार
आर्यनाले जितिन् मियामी ओपन टेनिसको उपाधि
मायामी ओपन टेनिसको उपाधि आर्यना सबालेन्काले जितेकी छन्। शीर्ष वरीयताकी सबालेन्काले अमेरिकाकी खेलाडी जसिका पिगुलालाई हराउँदै उपाधि जितेकी छन्। गएराति भएको खेलमा ले सोझो सेटमा जित निकालेर उपाधि कब्जा गरिन्।
खेलेका पहिलो सेटमा निकै प्रतिस्पर्धात्मक बन्दा उनले ७–५ को जित हाासिल गरेकी थिइन्। त्यसैगरी उनले दोस्रो सेटमा ६–२ को जितसाथ आठौं पटक डब्लु टिएको उपाधि जितेकी हुन्।
उनी यसअघि भएको इन्डियन वेस्ट टेनिस र गर्न जनवरी फेब्रुअरीमा भएको अष्ट्रेलियन ओपनकी उपविजेता समेत हुन्। तर यसपटक उनले उपविजेतामा चित्त बुझाउनु परेन।
सम्बन्धित समाचार
झापाका ६ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए, ५२ अधिकृतको सरुवा
उपभोक्ता जागरण अभियान झापाको नयाँ नेतृत्वले गर्यो कार्य योजना सार्वजनिक
पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा