२०८३ भाद्र ३१ गते , बुधबार
रोहित शर्माले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
एकदीवसीय भारतीय कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन्।
'मैले मेरो देशलाई सेतो जर्सी लगाएर प्रतिनिधित्व गर्ने अवसर पाएँ। यो मेरो लागि गर्वको विषय थियो। यस अवधिमा मलाई साथ र हौसला दिने सम्पूर्ण शुभेच्छुकप्रति आभार प्रकट गर्न चाहन्छु,' उनले भनेका छन्।
उनले टेस्टबाट सन्न्यास लिए पनि एक दिवसीय क्रिकेट भने खेल्ने बताएका छन्। उनले टी-२० फर्म्याटबाट यसअघि नै सन्न्यास लिइसकेका छन्। गत जुनमा टी-२० विश्वकपको उपाधि जितेसँगै उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए।
सम्बन्धित समाचार
झापाका ६ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए, ५२ अधिकृतको सरुवा
उपभोक्ता जागरण अभियान झापाको नयाँ नेतृत्वले गर्यो कार्य योजना सार्वजनिक
पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा