२०८३ बैशाख २६ गते , शनिबार

भारत-पाकिस्तान युद्ध : आइपिएल स्थगित

sajilo news
झापा
२०८२ बैशाख २६ गते , शुक्रबार
भारत-पाकिस्तान युद्ध : आइपिएल स्थगित

इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजन अनिश्चितकालका लागि स्थगित गरिएको छ। यो ठूलो निर्णय मे ९ मा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) को बैठकमा लिइएको होआजबाट कुनै खेल हुनेछैन। अब बीसीसीआईको पहिलो प्राथमिकता विदेशी खेलाडीहरूलाई घर पठाउनु हो। बीसीसीआईले चाँडै नयाँ मिति घोषणा गर्नेछ। 
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मे ८ सम्म ५८ खेलहरू थिए, जसमा पञ्जाब किंग्स (पीबीकेएस) र दिल्ली क्यापिटल्स (डीसी) बीचको खेल पनि समावेश थियो। मे ८ (बुधबार) मा धर्मशालामा हुने तय भएको यो खेल भारत-पाकिस्तान तनावका कारण बीचैमा रद्द गरिएको थियो। 

सम्बन्धित समाचार